सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • धुलिखेलमा सुरु भयो प्याराग्लाइडिङ उडान, वडा अध्यक्ष गौतमलाई मुद्दा(भिडियो)

धुलिखेलमा सुरु भयो प्याराग्लाइडिङ उडान, वडा अध्यक्ष गौतमलाई मुद्दा(भिडियो)

4975
Shares
धुलिखेलमा सुरु भयो प्याराग्लाइडिङ उडान, वडा अध्यक्ष गौतमलाई मुद्दा(भिडियो)

काभ्रे । काठमाडौं उपत्यकाबाट नजिक सफा, सुन्दर, रमणीय तथा पर्यटकलाई थप आकर्षण थप्ने उद्देश्यले प्याराग्लाइडिङ सूचारु भएसँगै धुलिखेलमा प्याराग्लाइडिङ गर्ने पर्यटकको चाप बढेको छ ।

काठमाडौंबाट बनेपा हुँदै २५ किलोमिटरको दुरीमा भएको धुलिखेलमा स्थित देवीस्थान डाँडामा प्याराग्लाइडिङ गर्न सकिन्छ । विश्वबजार प्याराग्लाइडिङ प्रा लि द्धारा सञ्चालित देवीस्थान डाँडाबाट धुलिखेल नगरपालिका ८ स्थित बडालगाउँसम्म पुग्ने करिब तीन किलोमिटर दुरीमा प्याराग्लाइडिङ उडान हुन्छ ।

अप्रितम दृष्य अवलोकन गर्दै प्याराग्लाइडिङको मज्जा लिन घुईँचो लाग्ने गरेको छ यतिबेला धुलिखेलमा । काठमाण्डौं उपत्यकाबाट नजिक, धुलिखेलमा होटल रिसोर्ट पनि धेरैमात्रामा भएकाले यसको भविष्य राम्रो भएको बताउँछन् विश्वबजार प्याराग्लाइडिङ प्रालिका सञ्चालक किरण केसी ।

सुरुवाती अवस्थामा एक करोड बराबरको लगानी लागेको र यसलाई थप्दै जाने योजनामा छन् सञ्चालक केसी । उनका अनुसार अहिले दिनमा ७ देखि ८ वटा उडान हुने गरेको छ । उडानका दौरानमा ल्याण्डिङ गर्ने स्थानामा मुद्धाहरु झेल्नपर्ने अवस्था आएपनि , धुलिखेल वडा नं ८ अध्यक्ष विनोद गौतमले सहजीकरण गर्नुभएका कारण सहज भएको उनले बताएका छन् । सुरुमा टेष्ट फ्लाइट गरेर अनुमति पाइसकेपछि असारको अन्तिममा उद्घाटन गरेपनि ल्याण्डिङ गर्ने स्थानामा समस्या आएपछि ३ महिना रोकिएर फेरी सञ्चालनमा आएको केसीले बताएका छन् ।

यसैगरी उडान गर्ने क्रममा यहाँबाट देखिने दृष्य एकदमै मनमोहक रहेको बताउँछन् प्याराग्लाइडिङ पाइलट महेन्द्र भट्टराई । “यहाँबाट देखिने भ्यु एकदम राम्रो छ । पूूर्वको कञ्चनजंगा देखि पश्चिमको अन्नपूर्ण हिमश्रृखंला सम्म तेत्तिस वटा हिमश्रृखंला देख्न सकिन्छ , रामेछाप, दोलखा लगायत आठ दश वटा जिल्ला उड्ने क्रममा नियाल्न सकिन्छ । “ भट्टराइले बताए । ती हप्तामा ५० वटा जति उडान भरेको उनले बताएका छन् । स्था नीयको पनि यकदमै राम्रो साथ सहयोग पाएको पाइलटले बताएका छन् ।

प्याराग्लाइडिङ आकाशमा उड्दा वडा अध्यक्ष गौतमलाई मुद्दा
धुलिखेलको प्रमुख आकर्षणनै पर्यटन र प्याराग्लाइडिङले यसमा थप ईँटा थप्न सहयोग गरेको कुरा धुलिखेल नगरपालिका ८ का वडा अध्यक्ष विनोद गौतमले बताएका छन् ।

“नागरिक उड्यान प्राधिकरण, सिभिल एभिएसन तथा सबै ठाउँबाट पक्रिया पुरा गरेर प्रक्रियामा अघि बढ्दै जाँदा ८ नं वडा र ९ नं वडाको सिमाना बाट उड्ने र ल्यान्डिङ चाँहि ८ नं वडामा हुने भएपछि यसबिचमा सबै मानिसको समान भावना भएन र असमझ्दारी भएर मुद्धामामिला गर्ने, झैझगडा गराउने, काम गर्नुभयो , तर हाम्रो निरन्तर प्रयास, सकारात्मक भावना र मिहेनतले उडान भरेका छौं ।

जनप्रतिनिधिको तर्फबाट मेरो धर्म,मेरो भूमिका मैले सतप्रतिशत निभाएको छु । ” वडा अध्यक्ष गौतमले बताए । यसमा गहनाको रुपमा काम गरोस् , अरु व्यवसायलाई टेवा पुगोस्, धुलिखेलको चर्चा होस् , यति बाहेक व्यक्तिगत स्वार्थ नभएको गौतमले बताए ।

महंगो भाडा तिरेर प्याराग्लाइडिङ गर्न अन्त जान नपर्ने, आफ्नै घर आँगनमा मनोरञ्नको सुबिधा लिन पाउने भएकाले स्थिानिय पनि खुसी भएको उनले बताएका छन् । आफ्नो नगर, आफ्नो वडालाई राम्रो हुन्छ भने आफू शत्रुको खुट्टा छुन पनि तत्पर रहेको उनले बताएका छन् । वडा, नगर वा देशकै बिकास गर्न पार्टि भन्दा माथि रहेर कार्य गर्नुपर्ने कुरामा उनले जोड दिएका छन् ।

प्याराग्लाइडिङ गर्ने क्रममा पर्यटकहरुले पनि धुलिखेल प्याराग्लाइडिङ गर्न एकदम उपयुक्त स्थान रहेको बताएका छन् । यहाँबाट देखिने दृष्य, हिमाल, यहाँको हावा अझ भनौं यहाँको वातावरणले प्याराग्लाइडिङको लागि सुनमा सुगन्ध थपिदिएको बताएका छन् । ३५ मिनेट आकाशमा उड्दा आफूले एकदमै मनोरञ्जन लिएको बताएका छन् ।

कति लाग्छ शुल्क ?
यस प्याराग्लाइडिङका लागि प्रति व्यक्ति ७ हजार रुपैयाँ उडान शुल्क कायम गरिएको छ । जसमा फोटो तथा भिडियो पनि समावेश छ ।


यसबाहेक सोही शुल्कमा नै २३ लाख रुपयौं सम्म बीमासमेत जोडिएको छ । काठमाडौंबाट नजिकैको दूरीमा रहेको यस प्याराग्लाइडिङ उडान काठमाडौं र आसपासका क्षेत्रका पर्यटकहरूका लागि अन्य ठाउँको भन्दा सस्तो पर्नेछ ।

कसरी बुक गर्ने ?
अग्रीम बुक गर्नका लागि कम्पनीका प्रबन्धक किरण कार्कीलाई मोबाइल नम्बर ९७६२२८९०३२मा सम्पर्क गर्न सकिनेछ । यसबाहेक कम्पनीलाई सिधै ०११६६५६३२ मा फोन गरेर बुकिङ पनि गर्न सकिनेछ ।

के ख्याल गर्ने ?
प्याराग्लाइडिङमा उडान भर्न जानु अघि आफ्नो भ्रमण तालिकाको सम्भावित मौसम परीक्षण गर्न सकिन्छ । साथै प्याराग्लाइडिङमा विनचिटर र चस्माको प्रयोग गर्नु उपयुक्त हुन्छ । यसो हुँदा उडानका क्रममा हावाको वेगले तपाईंलाई अप्ठ्यारो बनाउँदैन । यस्तै, उडानका क्रमममा दौडनुपर्ने समेत भएकाले चप्पलभन्दा जुत्ता लगाएर जानु उत्तम हुन्छ ।

कसरी पुग्ने ?
काठमाडौंबाट ३० किलोमिटरको दूरीमा रहेको धुलिखेल बसपार्क सार्वजनिक यातायातमा सहजै पुग्न सकिन्छ । बसपार्कसम्म करिब ९० रुपैयाँ भाडा तिरेर सार्वजनिक यातायातमा जान सकिन्छ ।

यसबाहेक आफ्नै निजी साधन हुनेहरू पनि धुलिखेलसम्म सहजै पुग्न सक्छन् । धुलिखेल बसपार्कबाट २ किलोमिटर नमोबुद्ध तर्फ अघि बढ्दा देविस्थान डाँडा (सेल्फी डाँडा)मा प्याराग्लाइडिङ स्टेशन रहेको छ ।

4975
Shares

ट्रेन्डिङ