सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सन्दीपले स्टारडमको दुरुपयोग गरेको अदालतको ठहर

सन्दीपले स्टारडमको दुरुपयोग गरेको अदालतको ठहर

555
Shares
सन्दीपले स्टारडमको दुरुपयोग गरेको अदालतको ठहर

काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेले आफ्नो ख्याति (स्टारडम) को दुरुपयोग गरेर बलात्कार गरेको ठहर गरेको छ ।

२५ पुस, २०८० मा गरेको फैसलाको पूर्णपाठमा क्रिकेट खेलेर बनाएको व्यक्तित्वको दुरुपयोग गरी पीडितको कमजोर अवस्थाको फाइदा उठाएको ठहर गरेको हो ।

जिल्ला अदालतले यो मुद्दाको फैसलाको पूर्णपाठमा बलात्कार भएको हो कि होइन र पीडित बालिग हुन् कि होइनन् भन्ने विवाद निरुपण गरेको छ । त्यस क्रममा सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

त्यस्तै पीडितलाई जरिवाना बराबरको ३ लाख र सन्दीपबाट थप २ लाख भराउने गरी ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला पनि गरेको थियो ।

555
Shares

ट्रेन्डिङ