सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ५ लाख घुससहित वडाध्यक्ष पक्राउ

५ लाख घुससहित वडाध्यक्ष पक्राउ

605
Shares
५ लाख घुससहित वडाध्यक्ष पक्राउ

वीरगन्ज | सेवाग्राहीसँग घुस लिएको आरोपमा बाराको जितपुर सिमरा उपमहानगरपालिका-३ का वडाध्यक्ष तारा कार्की पक्राउ परेका छन् । कार्कीलाई हेटौंडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पाँच लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो ।

वडाध्यक्ष कार्कीले सडक बाटो सिफारिसका लागि स्थानीय जग्गा व्यवसायी राजन उप्रेतीसँग पाँच लाख रुपैयाँ घुस मागेका थिए । जितपुरस्थित जैसवाल होटेलमा घुस लिँदै गर्दा अख्तियारको टोलीले कार्कीलाई पक्राउ गरेको हो ।

उनको साथबाट उप्रेतीले दिएको पाँच लाख रुपैयाँ घुसको रकमसहित अख्तियारको टोलीले बरामद गरेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

605
Shares

ट्रेन्डिङ