सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • मन्त्री किराँतीको पुत्ला दहन

मन्त्री किराँतीको पुत्ला दहन

920
Shares
मन्त्री किराँतीको पुत्ला दहन

काठमाडौँ | राप्रपा नेपाल आवद्ध जनवर्गीय संगठनहरूले आज साँझ काठमाडौँमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीको पुत्ला दहन गरेका छन् ।

९४ प्रतिशत ओमकार परिवार र सनातन धर्मालम्बीहरूको आस्था र विश्वासमाथि मन्त्री किराँतीले प्रहार र अपमान गरेको भन्दै उनीहरूले पुत्ला दहन गरेका हुन् ।

मन्त्री किराँतीले आपत्तिजनक, अमर्यादित र गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै उनीहरूले मन्त्री किराँतीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् । राजीनामा नदिएमा प्रधानमन्त्रीले तुरुन्तै बर्खास्त गर्नु पर्ने उनीहरूको भनाइ छ ।

संस्कृतिमन्त्री किराँतीले क्रिश्चियन धर्म नमान्नेहरू देशद्रोही र संविधान विरोधी भएको त्यस्तालाई जेलमा कोच्नु पर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । ‘पार्टीका जनवर्गीय संगठनहरूले आज सांकेतिक रूपमा विरोध प्रदर्शन गरेका छन् ।

मन्त्री किराँतीले तत्काल राजीनामा नदिए यो विषय डरलाग्दो र विकराल हुनसक्ने चेतावनी दिँदै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले राजीनामा नदिए आन्दोलनले चर्को रूप लिने बताए । काठमाडौंको चावहिलमा भएको प्रदर्शनमा प्रदर्शनकारीहरूले मन्त्री किराँतीको विरोधमा चर्का नारावाजी गरेका थिए ।

920
Shares

ट्रेन्डिङ