सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • रुसमा युक्रेनको घातक हमला

रुसमा युक्रेनको घातक हमला

635
Shares
रुसमा युक्रेनको घातक हमला

 काठमाडौं । रुसमा हवाई हमला हुँदा २० जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् ।

रुसको दक्षिण-पश्चिम क्षेत्रमा पर्ने सिमावर्ती शहर बेलगोरोडमा शनिबार हवाई हमला भएको थियो । आक्रमणबाट तीन बालबालिकासहित २० जनाको मृत्यु भएको छ ।

रुस-युक्रेन युद्धको क्रममा रुसमा भएको यो मिसाइल आक्रमण सबैभन्दा खतरनाक हो । युक्रेनले अनेकौं प्रकारका हतियार प्रयोग गरेर आक्रमण गरेको आरोप रुसले लगाएको छ । त्यसमा युक्रेनी ओल्खा र चेक निर्मित भ्याम्पायर रकेट पनि प्रयोग भएको बताइएको छ ।

यसअघि गत शुक्रबार रुसले युक्रेनमा आक्रमण गर्दा ३९ जनाको ज्यान गएको थियो । त्यसैको जवाफ स्वरुप युक्रेनले रुसमा आक्रमण गरेको बताइएको छ ।

635
Shares

ट्रेन्डिङ