सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेका २ नगरपालिकामा मतदान भोली

काभ्रेका २ नगरपालिकामा मतदान भोली

6275
Shares
काभ्रेका २ नगरपालिकामा मतदान भोली

काभ्रे, जेठ १ । काभ्रेका १३ वटा स्थानीय तहमध्ये २ वटा नगरपालिकामा स्थगित भएको निर्वाचन भोलि बुधबार हुने भएको छ । धुलिखेल नपा–१२ का वडा सदस्यका उम्मेदवार सुकुलाल तामाङको कालगतिले मृत्यु भएपछि सो वडाको मतदान केन्द्रमा निर्वाचन स्थगित गरिएको थियो । यस्तै, नमोबुद्ध नपा–४ मा स्थानीय युवा नवराज पाठकको गोली प्रहारबाट मृत्यु भएपछि स्थानीयले निर्वाचनमा भाग नलिने अडान लिएका कारण स्थगित भएको थियो ।
‘बुधबार धुलिखेल–१२ को शंखेश्वरी महालक्ष्मी मावि तथा इँटे सामुदायिक भवन केन्द्रमा र नमोबुद्ध–४ जनक मावि मतदान केन्द्रका निर्वाचन गर्न सबै तयारी पुरा भएको छ’, जिल्ला निर्वाचन व्यवस्थापन समितिका संयोजक एवं काभ्रेका प्रजिअ शिवप्रसाद सिमखडाले जानकारी दिए । धुलिखेल–१२ मा १ हजार ८ सय १८ र नमोबुद्ध–४ मा १ हजार ३ सय ७२ मतदाता रहेका छन् ।

6275
Shares

ट्रेन्डिङ