सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१

सिके राउत पक्राउ

820
Shares
सिके राउत पक्राउ

काठमाडौं । जनमत पार्टीका अध्यक्ष तथा सांसद सिके राउतलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमुद ढुंगेलका अनुसार सिके राउतसहित ४७ जना पुरुष र ४ जना महिलालाई माइतीघरबाट पक्राउ गरिएको हो ।

उनीहरू धोती दिवस मनाउने क्रममा बबरमहलस्थित कला परिषद्मा जम्मा भएर निषेधित क्षेत्र माइतीघरतर्फ अघि बढेका थिए । सोही क्रममा प्रहरीले माइतीघर क्षेत्र निषेधित क्षेत्र भएको बताउँदै अगाडि नबढ्न चेतावनी दिएको थियो ।

चेतावनी दिँदा पनि नमानेपछि प्रहरीले उनीहरूलाई धरपकड गरेको हो । प्रहरीले राउत सहितका कार्यकर्ताहरूलाई प्रहरी भ्यानमा हालेर लगेको छ ।

820
Shares

ट्रेन्डिङ