सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा रवि र रमेशको सानदार इन्ट्री

काभ्रेमा रवि र रमेशको सानदार इन्ट्री

22805
Shares
काभ्रेमा रवि र रमेशको सानदार इन्ट्री

काभ्रे : काभ्रेमा रवि लामिछाने र रमेश खरेललाई भब्य स्वागत गरिएको छ । पाँचखाल नगर र मण्डनदेउपुर नगरको सयुक्त भेलालाई सम्बोधन गर्न आफ्नो जन्म जिल्ला आईपुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र रमेश खरेललाई पार्टिका नेता, कार्यकार्ताहरुले स्वागत गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रमेश खरेल पाँचखालमै जन्मिएका हुन । उनी यस अगि प्रतिनिधि सभाको उप निर्वाचनमा बारामा पराजित भएका थिए । उनले बारामा उप निर्वाचन लड्नु अगि मात्र रास्वपामा आबद भएका थिए । उनी पनि काभ्रेबाटै थप राजनितिमा सकृय हुने संकेतका साथ पार्टीको नगर भेलालाई सम्बोधन गर्न सभापति रवि संगै पाँचखाल आएका थिए ।

आज शनिबार विहान ९ बजे बाट सुरु भएको नगरको सयुक्त भेलामा हजारौको संख्यामा कार्यकार्ताहरु उपस्थिती रहेको थियो । भेलाबाट नगरको नेतृत्व समेत रास्वपाले चयन गरेको छ ।

https://www.facebook.com/sabaikosamacharonline/videos/214221071414882

रास्वपाले आगामी २०८४ को निर्वाचन सम्म आफ्नै पाटिले स्थानिय देखि केन्द्र सम्मको सरकारको नेतृत्व लिन सक्ने गरि काम गर्दै जाने दाबिका साथ सङगठन विस्तारको कार्यलाई देशब्यापी बनाएको छ ।

सभापति रवि लामिछानेले भेलालाई सम्बोधन गर्दै के भने त् हेर्नुहोस् भिडियो ?

22805
Shares

ट्रेन्डिङ