सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • स्रोत नखुलेको २१ लाख ५७ हजारसहित एक जना पक्राउ

स्रोत नखुलेको २१ लाख ५७ हजारसहित एक जना पक्राउ

720
Shares
स्रोत नखुलेको २१ लाख ५७ हजारसहित एक जना पक्राउ

विराटनगर । स्रोत नखुलेको नगद सहित सुनसरीबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २७ वर्षीय वीरेन्द्रकुमार राउत रहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले   २१ लाख ५७ हजार  नगदसहित भोक्राहानरसिंह गाउँपालिका ६ बाट राउतलाई पक्राउ गरेको हो । राउतको साथबाट स्रोत नखुलेको उक्त रकम बरामद भएको सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रवक्ता एसएसपी रविनराज कर्णजीतले जानकारी दिएका छन् ।

सशस्त्रले बरामद भएको रकम र मोटरसाइकलसहित राउतलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ ।

720
Shares

ट्रेन्डिङ