सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्रश्नपत्र आउट गरेको आरोपमा परीक्षा व्यवस्थापन प्रमुखसहित ६ जना निलम्बित

प्रश्नपत्र आउट गरेको आरोपमा परीक्षा व्यवस्थापन प्रमुखसहित ६ जना निलम्बित

510
Shares
प्रश्नपत्र आउट गरेको आरोपमा परीक्षा व्यवस्थापन प्रमुखसहित ६ जना निलम्बित

 सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू)ले प्रश्नपत्र आउट गरेको भन्दै परीक्षा व्यवस्थापन प्रमुख नगेन्द्र साउदसहित ६ जनालाई निलम्बन गरिएको छ ।

पुस ३ गतेबाट सञ्चालन हुने भनिएको परीक्षा प्रश्नपत्र नै बाहिरिएपछि रद्द गरेर छानबिन भइरहेको उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंहले जानकारी दिएका छन् ।परीक्षा सुरु हुनु अगावै पुस २ गते बेलुका आउट भएको प्रश्नपत्र आफ्नो मोवाइलमा आएको उपकुलपतिले सिंहले बताएका छन्। 

उक्त विषयमा प्राध्यापक संगठनहरुले भने स्वयं उपकुलपति सिंहको समेत कमजोरी देखिएको आरोप लगाएका छन् ।

निलम्बनमा पर्ने परीक्षा व्यवस्थापन कार्यालयमा प्रमुख र सम्बन्धित इन्जिनियरिङ शाखामा काम गर्ने पाँच जना कर्मचारीहरू रहेका छन् । उनीहरुको ठाउँमा नयाँलाई जिम्मेवारी दिएको र अब छिट्टै परीक्षा सञ्चालन हुने उपकुलपति सिंहले बताए ।

510
Shares

ट्रेन्डिङ