सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • निर्माणाधीन उच्च क्षमताको बाह्रबिसे सबस्टेसन निर्माण अन्तिम चरणमा 

निर्माणाधीन उच्च क्षमताको बाह्रबिसे सबस्टेसन निर्माण अन्तिम चरणमा 

460
Shares
निर्माणाधीन उच्च क्षमताको बाह्रबिसे सबस्टेसन निर्माण अन्तिम चरणमा 

सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा निर्माणाधीन उच्च क्षमताको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ ।

दुई महिनाभित्र पूरा गर्ने लक्ष्यसहित २२०/१३२ केभी क्षमताको सबस्टेसन निर्माण सक्ने गरी काम अघि बढाइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

सबस्टेसनमा राखिने २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मर जडान भइसकेका छन् । ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका उपकरण जडान अन्तिम चरणमा छ । नियन्त्रण कक्षमा रहने सम्पूर्ण उपकरण निर्माणस्थलमा आपूर्ति भइसकेका छन् । 

विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण गरिएको एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली यही सबस्टेसनमा जोडिन छ । 

बाह्रबिसे सबस्टेसन निर्माण ठेक्का पाएका चिनियाँ कम्पनीहरू ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादन, कोभिड–१९ महामारीलगायतका कारण सबस्टेसनको निर्माण ढिलाइ हुँदै आएको छ । 

प्राधिकरणले मध्यभोटेशीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरेको छ । तर, त्यसका लागि पनि २२०र१३२ केभी बाह्रबिसे सबस्टेसनको निर्माण अनिवार्य छ । कूल २२ मेगावाटको माथिल्लो चाकू ए जलविद्युत् आयोजनाको प्रवर्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनलाई डबल बनाउन लागिएको छ ।

एउटा टावर नयाँ खिम्ती सबस्टेसन नजिक स्थानीयको अवरोधका कारण निर्माण हुन सकिरहेको छैन । प्रसारण लाइनको ३० किलोमिटर तार तानिएको छ । यो खण्ड निर्माणको जिम्मा पाएको ठेकेदारले समस्या समाधान भएमा तीन महिनाभित्रमा काम सक्ने बताएको छ । 

त्यस्तै बाह्रबिसेबाट काठमाडौँको लप्सीफेदीसम्मको ४६ किलोमिटर चार सय केभी डबल सर्किट प्रसारण लाइन पनि निर्माणाधीन छन् । ४६ किलोमिटर प्रसारण लाइनमा पर्ने एक सय २२ वटा टावरमध्ये लप्सीफेदीका स्थानीयको अवरोधका कारण चार वटा टावर निर्माण बाँकी छ ।

रासस ।

460
Shares

ट्रेन्डिङ