सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • काभ्रेमा ट्याक्सी र कार ठोक्कियो, ११ जना घाइते

काभ्रेमा ट्याक्सी र कार ठोक्कियो, ११ जना घाइते

1520
Shares
काभ्रेमा ट्याक्सी र कार ठोक्कियो, ११ जना घाइते

धुलिखेल । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ८ डिप्सा स्थित बिपि राजमार्गमा ट्याक्सीले कारलाई ठक्कर दिँदा ११ जना घाइते भएका छन ।

दिउँसो ३:३० बजेको समयमा काठमाण्डौबाट मंगलटार तर्फ जादै गरेको कारलाई बिपरित दिशा मंगलटारबाट धुलिखेल तर्फ आउदै गरेको बा २ ज ३९४३ न.को ट्याक्सि ले ठक्कर दिएको हो ।

घाइते हुनेहरुमा महोत्तरी जिल्ला बर्दिबास न.पा.१ बस्ने बर्ष ४१ को कार चालक मदन ब.तामाङ, कारमा सवार काठमाण्डौ जिल्ला सुकेधारा बस्ने बर्ष ३७ कि सर्मिला तामाङ र सर्मिला का छोरा बर्ष १२ का निकेश तामाङ, सर्मिलाकी छोरी बर्ष ६ कि एन्जल तामाङ, ट्याक्सिमा चालक काभ्रे जिल्ला चौरिदेउराली ग.पा.५ बस्ने बर्ष ३६ को मनिज तिवारी, बर्ष ३० को लक्ष्मण तिवारी, लक्ष्मणका छोरा बर्ष ११ को आयुष तिवारी, सोही स्थान बस्ने बर्ष २४ को सुमन गौतम, बर्ष १७ को पवन तिवारी, बर्ष २३ दिपेन्द्र गौतम, बर्ष २२ को सुनिल तिवारी रहेका छन ।

घाईतेहरुको मेथिनकोट अस्पताल भकुण्डे र धुलिखेल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ ।

1520
Shares

ट्रेन्डिङ