सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

870
Shares
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं।  सामाजिक सञ्जाल फेसबुक तथा ह्‍वाट्सएपमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

रोजगारीको सिलसिलामा चिनजान भई प्रेम सम्बन्धमा रही, भेटघाटको क्रममा भएका क्रियाकलापको तस्बिर सम्पादन गरी सामाजिक सञ्जाल मार्फत सम्प्रेषण गरी चरित्रहत्या गर्नुका साथै दुःख, हैरानी दिने गरेको भन्ने उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटीबाट खटिएको प्रहरीले प्राविधिक अनुसन्धान गरी पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–४ बस्ने गोरखा भीमसेनथापा गाउँपालिका–२ घर भएका २४ वर्षीय भिमसेन भट्ट रहेका छन् ।

 जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

870
Shares

ट्रेन्डिङ