सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सेनाले १६ वटा सकेट बम निष्क्रिय पार्‍यो 

सेनाले १६ वटा सकेट बम निष्क्रिय पार्‍यो 

600
Shares
सेनाले १६ वटा सकेट बम निष्क्रिय पार्‍यो 

संखुवासभा | जिल्ला प्रहरी कार्यालय संखुवासभाको हेलिप्याड नजिकै फेला परेको सकेट बम सेनाको डिस्पोजल टोलीले शुक्रबार निष्क्रिय पारेको छ ।

सरसफाइ गर्ने क्रममा बुधबार जिल्ला प्रहरी कार्यालय हेलिप्याड नजिकै सकेट बम फेला परेको थियो । सेनाको नयाँ भैरवी दल गुल्ममा रहेका बम डिस्पोजल टोलीले ६५ मध्ये १६ वटा बम निष्क्रिय पारेको मेजर सन्तोष चन्दले बताए ।

द्वन्द्वका बेला सुरक्षाका लागि राखिएको सकेट बम यतिबेला फेला परेको डीएसपी घनश्याम श्रेष्ठले बताए ।

600
Shares

ट्रेन्डिङ