सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ

प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ

525
Shares
प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ

रुकुमपश्चिम । रुकुमपश्चिम ड्युटिमा रहेका प्रहरीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा  बाँफिकोट गाउँपालिका –४ का २८ वर्षीय लक्ष्मण बिक, सोही वडाका २२ वर्षीय जनक खनाल, वडा ५ का २२ वर्षीय कैलाश पुरी र वडा ६ का एक जना १५ वर्षीय बालक रहेका छन् । 

इतबार बेलुका रुकुमपश्चिमकोे बाँफिकोट –३ स्यार्पुमा प्रहरीमाथि आक्रमण भएको प्रहरीको भनाइ छ । आक्रमणमा परेर ईलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवानद्वय महेन्द्रबहादुर शाही र हिमराज खड्का घाइते  भएका छन् ।घाइते भएका प्रहरी जवान शाहीको ढाडमा र खड्काको टाउकोमा चोट लागेको छ ।

प्रहरीमाथि हातपात तथा कुटपिट गर्ने अन्य व्यक्तिहरु फरार रहेको र उनीहरुको पनि खोज तलास भइरहेको प्रहरीको भनाइ छ । 

525
Shares

ट्रेन्डिङ