सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • तीन कम्पनीको सेयरमूल्य १० प्रतिशतले वृद्धि

तीन कम्पनीको सेयरमूल्य १० प्रतिशतले वृद्धि

630
Shares
तीन कम्पनीको सेयरमूल्य १० प्रतिशतले वृद्धि

काठमाडौं | मंगलबार नेप्से परिसूचक १४.८८ अंकले बढेको छ। यसदिन नेप्से ०.७० प्रतिशतले बढेर २११९.६१ बिन्दुमा बन्द भएको छ।

मंगलबारको बजारमा ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार ५९३ रूपैयाँको सेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् सोमबार ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २३० रूपैयाँको सेयर कारोबार भएको थियो।

सोमबारको तुलनामा आज कारोबार रकम ९८ करोड रूपैयाँ बढी हो। यस दिन ३०८ वटा धितोपत्रको १ करोड ५१ लाख ७८ हजार ३६८ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार १५२ कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ वटाको घटेको छ। यस्तै, १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन ३ कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ। चन्द्रागिरी हिल्स, समाज लघुवित्त र रावा इनर्जीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।

मिड सोलु हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ८.३५ प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य ७६३ रूपैयाँ कायम भएको छ।

यस्तै, गुराँस लघुवित्तको सेयर मूल्य ५.४८ प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य ८७९ रूपैयाँ कायम भएको छ।

मंगलबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ७०९ रूपैयाँ ६० पैसामा ७५ करोड २७ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ६.०७ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ङादी ग्रुप पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ३६० रूपैयाँमा २२ करोड २० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ४ समूहको परिसूचक घटेको छ भने बाँकी ९ समूहको परिसूचक बढेको छ।

यसदिन अन्य समूहको परिसूचक सर्वाधिक ३.५६ प्रतिशतले बढेको हो।

630
Shares

ट्रेन्डिङ