सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रतिकूल मौसमलका कारण हवाई उडान प्रभावित

प्रतिकूल मौसमलका कारण हवाई उडान प्रभावित

265
Shares
प्रतिकूल मौसमलका कारण हवाई उडान प्रभावित

काठमाडौँ।  प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडानमा सामान्य प्रभाव परेको छ ।

भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार एयर चाइनाको जहाज ‘डाइभर्ट’ भएको छ भने अन्य जहाज आकाशमा फन्को लगाउने (होल्ड)भएका छन् ।

आन्तरिकतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भएको छैन । तराई क्षेत्रका विमानस्थलमा भने नियमित उडान भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तराष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान सेवा दिइरहेका छन् ।

265
Shares

ट्रेन्डिङ