सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • आज २०८० साल माघ १८ गते बिहीबारको राशिफल

आज २०८० साल माघ १८ गते बिहीबारको राशिफल

2145
Shares
आज २०८० साल माघ १८ गते बिहीबारको राशिफल

मेष : दिन राम्रो छ। बोलीमा नम्रता र शब्दमा मधुरता पाइन्छ। सबै मित्रसँग भेट्ने योग छ। विदेशको यात्रामा सफलता मिल्नेछ। परिवारको साथ र सहयोग राम्रो रहने छ।

वृष : समय राम्रो छ। धर्म, अर्थ, ज्ञान र विज्ञानको विवेचना हुनेछ। मनमा उत्साह बढ्नेछ। लगानीका क्षेत्र सबल छन्। परिवारबाट साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध मजबुत बन्नेछ।

मिथुन : दैनिकी राम्रो छ। वैदेशिक क्षेत्रको लगानीले राम्रो परिणाम दिनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षा र आर्थिक क्षेत्र भने विवादित छन्।

कर्कट : झुटा आरोप लाग्ने देखिन्छ। आफन्तको फुट देख्नुपर्ने हुनसक्छ। परिवारबाट सहयोग निरन्तर प्राप्त हुनेछ। जागिरको खोजीमा हुनुहुन्छ भने नयाँ अवसर मिल्नेछ।

सिंह : दैनिकी राम्रो छ। कर्म क्षेत्र सबल छ। मनमा उत्साह र उमंग छाउने छ। बाहिरबाट प्रशंसा भए पनि परिवारमा विश्वासको संकट देखिन्छ। यसले विभिन्न काममा झन्झटको सामना गर्नुपर्नेछ।

कन्या : आम्दानी राम्रो हुनेछ। आफन्तको साथ मिल्नेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानबाट सचेत हुनुपर्ने देखिन्छ।

तुला : दिन सामान्य राम्रो छ। अरुले राम्रो देखे पनि मन खुशी हुने देखिँदैन। मनमा त्रास रहन्छ। हनुमानको चिन्तन गरेमा मन शान्त हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : समय सामान्य छ। यो संघर्ष गरेर देखाउने समय हो। न्याय प्राप्त गर्न प्रतिवाद गर्नुपर्नेछ। सत्यको न्याय हुने भएकाले तपाईंको जित निश्चित छ। परिवारको सहयोग मिल्नेछ।

धनु : दैनिकी राम्रो छ। परिवारको आग्रहमा नयाँ ठाउँमा घुम्ने अवसर मिल्नेछ। संगतले मनमा उत्साह बढ्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मकर : समय सामान्य राम्रो छ। गलत आरोप लाग्ने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्छ। शिक्षाको क्षेत्र सबल छ। परिवारको साथ मिल्नेछ।

कुम्भ : दिन सामान्य छ। कम बोल्नु राम्रो हुन्छ। धेरै बोल्दा विवाद हुनेछ। पिपलको दर्शन गर्नुभयो भने हरेक क्षेत्र सफल बन्नेछन्। वैदेशिक क्षेत्रको लगानीले फाइदा हुनेछ। परिवारले शंका गर्ने योग छ।

मीन : दिन राम्रो छ। धर्म र अर्थका क्षेत्र सबल छन्। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। राजनीतिलाई सेवा गर्ने क्षेत्र हो भनेर व्याख्या गर्ने क्षमता प्राप्त हुनेछ। बौद्धिक परिवारबाट सहयोग प्राप्त हुनेछ।

2145
Shares

ट्रेन्डिङ