सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु

आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु

450
Shares
आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु

मुगु । मुगुको खत्याड गाउँपालिकामा भएको आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ ।

खत्याड गाउँपालिका-२ गाँडेखोला बस्ने लाले सन्ज्यालको घरमा सोमबार राति एक बजेतिर भएको आगलागीमा परी सन्ज्यालका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको  हो ।

मृत्यु भएका दुई बालबालिकासँगै आमा आगोबाट बच्न सफल भएपनि उनी बेहोस छिन्   । एक हल गोरु र दुई गाई पनि जलेर मरेका छन् ।

स्थानीयका अनुसार कच्ची घरमा काठ थुपारेर राखेकोले आगो नियन्त्रणमा लिन कठिनाइ भएको थियो । सरस्वतीका श्रीमान् लाले रोजगारीको सिलसिलामा भारतमा छन्।

450
Shares

ट्रेन्डिङ