सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • बेपत्ता छोरा खोजीका लागि आमा भौँतारिँदै

बेपत्ता छोरा खोजीका लागि आमा भौँतारिँदै

435
Shares
बेपत्ता छोरा खोजीका लागि आमा भौँतारिँदै

सिन्धुपाल्चोक । एक्कासि हराएको छोरालाई खोज्नका लागि सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–२ की रुद्रकुमारी उप्रेती भौतारिरहेकी छिन् ।

कोरोना महामारी सङ्क्रमण (लकडाउन) का समयमा भक्तपुरको लोकन्थलीबाट हराएको छोरालाई आफूले मात्रै खोज्दा नभेटिएपछि प्रहरी प्रशासन, सामाजिक सङ्घसंस्था, सरकारी निकाय, व्यक्ति सबैलाई छोरा दामोदर खोजी गरिदिनका लागि आमा रुद्रकुमारीले आग्रह  गरेकी छिन् ।

दाइको कोठामा बस्दै गर्दा  २५ वर्षका दामोदर उप्रेती  घुम्नका लागि निस्किने क्रममा हराएका हुन् । घुम्न निस्किएका दामोदर त्यस दिनबाट अहिलेसम्म कतै नभेटिएपछि आमा रुद्रकुमारी चोक चोक, टोल टोल  भौतारिरहेकी छिन् ।

दामोदर सानैदेखि बोल्न नसक्ने तर सुन्न सक्ने छन् । पाँच फिट उचाइ भएका दामोदर  रातो वर्णका छन् । छोरा खोज्न आमा रुद्रकुमारी, दाइ माधव, छिमेकी शुक्र लामालगायत सबै निरन्तर लागिरहेका छन् । 

कसैले दामोदरलाई देखे भेटेमा उनका दाइ माधव उप्रेतीको मोबाइल नम्बर ९८५११८४४८९ मा सम्पर्क गर्न वा नजिकैको प्रहरी कार्यालयमा बुझाइदिन परिवारजनले अपिल गरेको छ । 

435
Shares

ट्रेन्डिङ