सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • क्यानडाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

क्यानडाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

530
Shares
क्यानडाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । क्यानडाविरुद्ध तीन खेलको एक दिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

नेपालका कप्तान रोहित पौडेलले  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेका हुन् । यसअघि कप्तान रोहित पौडेलले क्यानडाविरुद्ध तीन खेलको एक दिवसीय क्रिकेट सिरिजका लागि नेपाली टोली तयार रहेको बताएका छन् ।

नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले क्यानडासँगको सिरिज प्रतिस्पर्धात्मक हुने बताउनुभएको छ । उहाँले टोलीमा नयाँ र पुराना खेलाडीको सम्मिश्रण रहेकोले राम्रो खेल्ने सबै उत्साहित रहेको बताएका छन् ।

नेपाल र क्यानडाबिचको दोस्रो खेल फेब्रुअरी १० र अन्तिम खेल १२ तारिख हुनेछ । 

530
Shares

ट्रेन्डिङ