सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१

आइजी बनाउन प्रतिस्पर्धा

3045
Shares
आइजी बनाउन प्रतिस्पर्धा

नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजीपी उपेन्द्रकान्त अर्याल र दुर्जकुमार राईको फागुनमा अवकाश हुँदैछ । आफ्नो मान्छेलाई आइजी बनाउन सत्तारुढ माओवादी र कांग्रेसवीच ठूलै प्रतिस्पर्धा अहिले नै सुरु भइसकेको छ ।
कारण आसन्न निर्वाचनमा सत्ता र शक्तिको दुरुपयोगको खेलले पनि कतिपय स्थानमा चुनावको उलटफेर हुनसक्छ । आफ्नो मान्छे आइजीपी भयो भने त्यसको लाभ लिन पाइन्छ भन्ने लालचले यो प्रतिस्पर्धा झन बढेको हो ।
न्यायाधीशमा भागबण्डा, राजदूत र अन्य संवैधानिक पदहरुमा भागबण्डा, अव सुरक्षा निकायको आइजीपीमा भागबण्डा । शासन व्यवस्था सबै भागबण्डामा चल्न थाल्यो ।
लोकतन्त्र किन भन्नु, भागबण्डातन्त्र चलाए भएन र ? अव भागबण्डातन्त्र स्थापित व्यवस्था भइसक्यो, सशस्त्र र नेपाल प्रहरीको आइजीपीमा आफ्ना मान्छे ल्याउन पछि हटेर काविल व्यक्तिको छनौट गर्छन् भनेर कसैले पनि विश्वास गर्दैन । भनिन्छ, माओवादी र कांग्रेसले भागशान्ति जय नेपाल गरेर आ–आफ्ना निकटवर्तीलाई आईजीपी बनाउने भित्री सहमति गरिसकेका छन् ।

3045
Shares

ट्रेन्डिङ