सबैको समाचार
शनिबार, बैशाख १५, २०८१

काभ्रेमा ट्राफिक सप्ताह

760
Shares
काभ्रेमा ट्राफिक सप्ताह

काभ्रे ।  ‘ट्राफिक प्रहरीको आह्वान, सुरक्षित र सहज आवागमन’, ‘ट्राफिक नियमको पालना गरौँ, सभ्य नागरिकको परिचय दिऔँ’ भन्ने नाराका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ट्राफिक सप्ताह’ सुरु गरेको छ ।

बिहीबारदेखि सुरु भएको सप्ताह कार्यक्रम ग्रामीण क्षेत्रलाई लक्षित गरी बनाइएको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । 

अभियानको पहिलो दिन ट्राफिक प्रहरीले प्रभातफेरीसहित लामो दूरीका सवारीसाधनमा ब्यानर तथा स्टिकर टाँस गरेको थियो । 

सोही दिन बनेपामा जिल्लाका विभिन्न क्षेत्रका प्रतिनिधि सम्मिलित बृहत सचेतना प्रभातफेरीसमेत गरिएको थियो । दोस्रो दिन (शुक्रबार) स्वंयसेवक परिचालन गरी सडक प्रयोगकर्तालाई बाटो काट्न सिकाइएको, विभिन्न क्षेत्रमा सचेतना स्टिकर टाँस, पर्चा पम्लेट वितरण गर्ने कार्यक्रम भएको छ । तेस्रो दिन आज ग्रामीण सडक लक्षित कार्यक्रमअन्तर्गत बढी भाडा अनुगमन, मास्क वितरण र सिट क्षमताभन्दा बढी यात्रु अनुगमन भइरहेको छ ।

आइतबार ‘सवारी चालकसँग पाँच मिनेट’को कार्यक्रम तथा ओभरटेक गर्ने विधिको प्रशिक्षण, तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई प्रशिक्षण दिइनेछ । सोमबार विद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम, गाउँगाउँमा आमासमूह टोल सुधार समिति र युवाक्लबका सम्पूर्ण प्रतिनिधिलाई ट्राफिक सचेतना गराइने जनाइएको छ ।

मङ्गलबार चालक तथा सहचालकको सामान्य स्वास्थ्य परीक्षण कार्यक्रम तथा सवारीसाधनको यान्त्रिक परीक्षण गरिनेछ । कार्यक्रमको अन्तिम दिन आउँदो बुधबार ट्राफिक सप्ताहको उपलब्धि र प्रभावकारिताका बारेमा सम्पूर्ण सरोकारवाला क्षेत्रसँग अन्तत्र्रिmया गरिने प्रहरीले जनाएको छ ।

760
Shares

ट्रेन्डिङ