सबैको समाचार
शनिबार, बैशाख १५, २०८१

आज विश्व रेडियो दिवस

780
Shares
आज विश्व रेडियो दिवस

 काठमाडौ । विश्व रेडियो दिवस आज विभिन्न विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । हाल नेपालमा ७ सय १३ रेडियो दर्ता भएका छ्न। ती मध्ये सामुदायिक रेडियो ३ सय ८२ छ्न ।

विश्व रेडियो दिवसले रेडियोको आजसम्मको योगदानलाई सबैसामु पुर्‍याएको छ । यसका साथै सङ्कटका बेला, विपत्का बेला, महामारीका बेला र प्राकृतिक प्रकोपका बेलासमेत रेडियोले निर्वाह गरेको भूमिकालाई सदासर्वदा सम्झिने गरिन्छ । 

के छ रेडियोको ईतिहाँस ?

यसअघि रेडियोलाई वायरलेस टेलिग्राफी भन्ने चलन थियो । रेडियोको जन्म हुनुमा धेरै जना वैज्ञानिक/अन्वेषकको अतुलनीय योगदान रहेको पाइन्छ । यीमध्ये म्याक्सवेल, मार्कोनी, लिडी फोरेस्ट, फ्लेमिङ, फेसेन्डेल आदि प्रमुख हुन् । सन् १९१० तिर रेडियोलाई पानीजहाजमा सूचना दिने काममा प्रयोग गरिएको पाइन्छ । यस्तै दोस्रो विश्वयुद्धमा रेडियोको प्रयोग प्रचुर मात्रामा भएको थियो । 

विश्वमै सन् १९२० मा अमेरिकामा पहिलो नियमित रेडियो स्टेसन स्थापना भयो । सन् १९२२ मा बिबिसी सुरु भयो । एसियामा भने श्रीलङ्काले सन् १९२४ देखि नियमित रेडियो प्रसारण गर्‍यो भने भारतमा सन् १९३१ मा अल इन्डिया रेडियोको जन्म भयो । यसै गरी नेपालमा अनौपचारिक रूपमा विसं २००३ (सन् १९४७) र औपचारिक रूपमा विसं २००७ (सन् १९५१) मा रेडियो प्रसारण नियमित भयो । स्थापना भएदेखि नै रेडियोको मर्म भनेकै सूचना र मनोरञ्जन दिने नै हो । हरेक देशमा रेडियोको जन्म अनौपचारिक रूपमा सङ्घ संस्था हुँदै औपचारिक रूपमा राष्ट्रिय प्रसारणमा रूपान्तरण भएको पाइन्छ । 

780
Shares

ट्रेन्डिङ