सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • दादुरा-रूवेला खोप अभियान पुरा गर्न बनेपामा अभिमुखिकरण सम्पन्न

दादुरा-रूवेला खोप अभियान पुरा गर्न बनेपामा अभिमुखिकरण सम्पन्न

455
Shares
दादुरा-रूवेला खोप अभियान पुरा गर्न बनेपामा अभिमुखिकरण सम्पन्न

काभ्रे | काभ्रेको विभिन्न स्थानियतहमा आज बाट प्रारम्भ गरिएको दादुरा रुबेला खोप अभियान सुरु गरिएको छ ।

सोही अभियान अन्तर्गत बनेपा नगरपालिकामा सञ्चालन हुने दादुरा-रूवेला खोप अभियान १४ वटा स्वास्थ्य संस्था बाट हुनेछ ।

फाल्गुण १८ गते देखि २२ गते सम्म विहान १० बजे देखि ४ बजे सम्म ४४ वटा केन्द्र बाट अभियान गरिने बनेपा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

सोही अभियानलाई सार्थकता प्रदान गर्न स्थानिय तह स्तरीय खोप समन्वय समितिको अभिमुखीकरण पनि बनेपा नगरपालिकाले सकाएको छ ।

अभिमुखीकरण आज सम्पन्न भएको स्वास्थ्य शाखाले जनाएको छ ।

455
Shares

ट्रेन्डिङ