सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • करिब १ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित २ पाकिस्तानी पक्राउ

करिब १ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित २ पाकिस्तानी पक्राउ

455
Shares
करिब १ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित २ पाकिस्तानी पक्राउ

 काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित दुई जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।

विमानस्थलको आगमन गेटमा शंका लागेर जाँच गर्दा उनीहरुको साथबाट डेनिस क्रोन ५ लाख बरामद भएको थियो । बुधबार बेलुका फ्लाई दुबईको उडान नम्बर एफ जेड ५७५ बाट काठमाडौं ओर्लिएका  ३१ वषर्ीय यासिन अहमद र ४८ वर्षीय मोहमद अनाम लखानी ५ लाख डेनिस क्रोन (डेनमार्कको मुद्रा) सहित पक्राउ परेका विमानस्थल स्रोतले बतायो । यो नेपाली रुपैयाँ ९५ लाख ४३ हजारभन्दा बढी हुने प्रहरीको भनाइ छ ।

पक्राउ परेकाहरुलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । आज सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाइने प्रहरी स्रोतले बतायो ।

455
Shares

ट्रेन्डिङ