सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बानेश्वरसहित केही ठाउँमा नागरिकलाई हिँड्नसमेत रोक

बानेश्वरसहित केही ठाउँमा नागरिकलाई हिँड्नसमेत रोक

700
Shares
बानेश्वरसहित केही ठाउँमा नागरिकलाई हिँड्नसमेत रोक

काठमाण्डौ ।  काठमाण्डौका मुख्य केन्द्रलाई निषेधित क्षेत्र तोकेको सरकारले हिजोदेखि नयाँ बानेश्वरसहितका ठाउँमा फुटपाथमा हिँड्नसमेत रोक लगाएको छ । 

फुटपाथबाट हिँड्न नदिएपछि पैदलयात्रीहरू सडकबाटै हिँड्नुपर्ने बाध्यता छ ।  ती मुख्य ठाउँमा पैदल हिँड्न नदिने गरी डोरी, जाली र कपडाको छेकबार लगाइएको छ । पैदल यात्रुहरु जोखिम मोलेरै कालोपत्रे सडकमा हिँड्न बाध्य छन् ।

सुरक्षा व्यवस्थामा कमजोरी हुँदा अस्ति सोमवार लघुवित्त र मिटरब्याजपीडित समूह निषेधित क्षेत्र तोडेर संसद् परिसरभित्रै छिरेका थिए । तर सुरक्षा निकायले आवश्यक रणनीति बनाउनुको सट्टा संसद् भवन, सिंहदरबार र प्रधानमन्त्री निवास बाहिर पैदलयात्रीलाई रोक्ने प्रयास गरेको छ ।

यसअघि नै माइतीघरदेखि बानेश्वरसम्म, पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालतहुँदै माइतीघरको चारैतर्फ र बबरमहलसम्म, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्मलाई निषेधित क्षेत्र तोकिएको थियो ।

त्यस्तै राष्ट्रपति कार्यालय शीतल निवास क्षेत्र र प्रधानमन्त्री निवास बालुवाटार तथा आसपासका क्षेत्रमा पनि निषेधाज्ञा छ । ललितपुरमा मन्त्री निवाससहित वरपरका क्षेत्रमा ६ महिनाका लागि निषेधाज्ञा तोकिएको छ । 

700
Shares

ट्रेन्डिङ