सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • पशुपतिनाथ क्षेत्रमा महाशिवरात्रि पर्वको तयारी तिव्र

पशुपतिनाथ क्षेत्रमा महाशिवरात्रि पर्वको तयारी तिव्र

285
Shares
पशुपतिनाथ क्षेत्रमा महाशिवरात्रि पर्वको तयारी तिव्र

काठमाडौँ ।  महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा तिव्र तयारी भईरहेको छ ।

यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई दृष्टिगत गरेर पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक लगाइएको छ । सजावटको काम पनि सुरु भएको पशुपति विकास कोषले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सूचना जारी गरी भोलि बुधबारदेखि फागुन २७ गतेसम्म गौशाला–मित्रपार्क सडकदेखि पूर्व, पशुपतिनाथ क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला–तिलगङ्गा चक्रपथदेखि उत्तर र मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भागमा मासु र मदिरा बिक्रीमा रोक लगाएको छ ।  

पर्वलाई अनुशासित, मर्यादित र व्यवस्थित बनाई भव्यरुपमा सम्पन्न गर्न र पाशुपत क्षेत्रभित्रको सुरक्षालगयात धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्न यस्तो रोक लगाइएको हो । 

सो पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र झकिझकाउ पारिँदैछ । मन्दिर आसपासका क्षेत्रमा फूल र बत्तीको सजावट सुरु भएको छ । पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रमा सजावटको काम सुरु भएको जनाएको छ । 

285
Shares

ट्रेन्डिङ