सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बागमती सरकारबाट बाहिरियो कांग्रेस

बागमती सरकारबाट बाहिरियो कांग्रेस

425
Shares
बागमती सरकारबाट बाहिरियो कांग्रेस

काठमाडौं । सत्ता समीकरणमा फेरबदल आएसँगै  बागमती प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता तथा आर्थिक मामिलामन्त्री बहादुरसिंह लामाले मुख्यमन्त्रीलाई राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए । बुधबार मुख्यमन्त्री जम्कट्टेललाई भेटेर कांग्रेसका ६ जना मन्त्रीले सामूहिक राजीनामा बुझाएका छन् ।

२५ पुसमा माओवादी केन्द्रको नेतृत्वमा एमाले र राप्रपाबीचको सरकार बनेको थियो । तर त्यतिबेला केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि कांग्रेससँग गठबन्धन गरेपछि मुख्यमन्त्री जम्कट्टेलले २६ चैत २०७९ मा कांग्रेसलाई सरकारमा सहभागी गराएका थिए ।

१२ सदस्यीय प्रदेश मन्त्रिपरिषदमा कांग्रेसले ६, माओवादीले मुख्यमन्त्रीसहित ४ र नेकपा एकीकृत समाजवादीले २ वटा मन्त्रालय भागबण्डा गरेर सरकार बनाएका थिए । सरकारलाई समर्थन गरेको हाम्रो नेपाली पार्टी भने सरकार बाहिरै थियो ।

425
Shares

ट्रेन्डिङ