सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • श्रीमान् मृत भेटिए, श्रीमती घाइते

श्रीमान् मृत भेटिए, श्रीमती घाइते

745
Shares
श्रीमान् मृत भेटिए, श्रीमती घाइते

जनकपुर । धनुषामा एक जना पुरुष मृत भेटिका छन् भने उनकी श्रीमती घाइते अवस्थामा भेटिएकी छिन् ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पकडियास्थित गहुँ खेतमा आज बिहान उनीहरु फेला परेका हुन् ।

महोत्तरीको लोहारपट्टी नगरपालिका-३ महदैयाका राधे सहनी मृत फेला परेका हुन् । उनकी श्रीमती अस्मिता सहनी सख्त घाइते अवस्थामा रहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिएका छन् । श्रीमतीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

चार महिनाअघि मात्र राधे र अस्मिताले प्रेम विवाह गरी क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए ।

745
Shares

ट्रेन्डिङ