सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • कार्यव्यवस्था समितिको बैठक जारी

कार्यव्यवस्था समितिको बैठक जारी

275
Shares
कार्यव्यवस्था समितिको बैठक जारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतका लागि बस्न लागेको प्रतिनिधि सभाको बैठकका कार्यसूची तय गर्न कार्यव्यवस्था समितिको बैठक जारी छ ।

कार्यव्यवस्था समितिको बैठकमा प्रतिनिधि सभाको आगामी १५ दिनको क्यालेन्डर तय गर्ने विषयमा पनि नेताहरुबीच छलफल चलिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसँगको गठबन्धन तोडेर एमाले लगायतका दलसँग सत्ता साझेदारी गरेपछि कांग्रेसले सरकारको समर्थन फिर्ता लिएका कारण प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । 

प्रधानमन्त्री प्रचण्डलाई उनको पार्टी माओवादी केन्द्रसहित नेकपा एमाले, रास्वपा, जसपा, नाउपा, एकीकृत समाजवादी लगायत दलले समर्थन गर्न ह्वीप जारी गरेका छन् । कांग्रेस, राप्रपा, लोसपा, जनमत, नेमकिपा र राष्ट्रिय जनमोर्चा भने विपक्षमा छन् ।

२७५ सदस्यीय प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले विश्वास पाउन बहुमतका लागि १३८ मत आवश्यक पर्छ ।

नेकपा एमालेसँग ७६, माओवादी केन्द्रसँग ३२, रास्वपासँग २१, जसपा १२, एकीकृत समाजवादी १०, नाउपा ४, आजपा १ र स्वतन्त्र दुई सांसद (अमरेस कुमार सिंह र योगेन्द्र मण्डल) प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने पक्षमा छन् । यी सबैको मत जोड्दा १५८ मत पुग्छ ।

विपक्षमा नेपाली कांग्रेसका ८७, राप्रपाका १४, जनमतका ६, लोसपाका ४ र नेमकिपाका १ सांसद छन् । यी सबैको मत जोड्दा ११२ मत हुन्छ । १ सांसद रहेको जनमोर्चा तटस्थ बस्ने सम्भावना छ ।

275
Shares

ट्रेन्डिङ