सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेमा एक सातामै आगलागीका १९ भन्दा बडी घटना , लाखौको नोक्सानी

काभ्रेमा एक सातामै आगलागीका १९ भन्दा बडी घटना , लाखौको नोक्सानी

465
Shares
काभ्रेमा एक सातामै आगलागीका १९ भन्दा बडी घटना , लाखौको नोक्सानी

काभ्रे | जिल्लाको विभिन्न ठाउँमा फागुन महिनाको अन्तिम साताबाट प्रत्येक दिन जसो आगलागी र डडेलोका घटना भैरहेको पाईएको छ ।

प्रहरीका अनुसार हिजो सम्ममा जिल्लामा एक सातामै १९ भन्दा बडी घटना भैसकेका छन ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले अद्यावधिक गरेको वितरण अनुसार फागुन २६ गतेदेखि आगलागीका घटना भैरहेका हुन् ।

हिजो साँझसम्म आगलागीमा परेर सात जना घाईते भएका छन् । पुरुष ४ र महिला ३ जना गरी ७ जना घाईते भएको प्रहरीले जनाएको छ ।

आगलागीको घटनामा २ जना बालिका गम्भिर घाईते छन् । उनीहरुको किर्तिपुर अस्पताल काठमाण्डौमा उपचार भईरेहेको छ ।

हालसम्म ६ वटा कच्ची घर पूर्ण रुपले क्षति भएको छ । त्यसैगरी ७ वटा गोठ पूर्ण क्षती भएको छ । हालसम्म आगलागिबाट बाह्र लाख, पचास हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणका लागि ११६ जना प्रहरी परिचालन गरिएको समेत काभ्रे प्रहरीले जनाएको छ ।

465
Shares

ट्रेन्डिङ