सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • साथीको हत्या आरोपमा २ जना पक्राउ

साथीको हत्या आरोपमा २ जना पक्राउ

260
Shares
साथीको हत्या आरोपमा २ जना पक्राउ

 धनुषा । धनुषामा एक युवकको  हत्यामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जनकनन्दनी गाउँपालिका-२ स्थित आँप बगैंचामा स्थानीय १८ वर्षीय कैफ नदाफको साथीले नै हत्या गरेको प्रहरीले जनाएको छ । राति साढे १० बजेतिर साथीसँग बियर खान गएको बेला मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद हुँदा दुईजना साथीले नदाफको घाँटी रेटेका थिए ।

गम्भीर घाइते नदाफलाई उपचारको क्रममा भारत लगिएको थियो । उनको उपचारको क्रममा राति २ बजे मृत्यु भएको हो ।

प्रहरीले स्थानीय ३० वर्षीय सहमत नदाफ र २२ वर्षीय जाकिस नदाफलाई पक्राउ गरेको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी अवाले बताए ।

260
Shares

ट्रेन्डिङ