सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • जलेर घाइते बाबु-छोरीको उपचारका क्रममा मृत्यु

जलेर घाइते बाबु-छोरीको उपचारका क्रममा मृत्यु

350
Shares
जलेर घाइते बाबु-छोरीको उपचारका क्रममा मृत्यु

सुर्खेत । कालीकोटमा आगोमा जलेर घाइते बाबु छोरीको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्ती रहेको प्रहरीले जनाएको छ । यही चैत २ गते बाख्रा चराउन गएको बेला खाँडाचक्र नगरपालिका-५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा डढेलोमा परेर बाबुछोरी गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि गत शनिबार साँझ हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पतालमा सुर्खेत ल्याइएको थियो ।

यसअघि सोमबार दिउँसो छोरीको र बुवाको बुधबार बेलुका उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका अफिस सेक्रेटरी दिपक गिरीले जानकारी दिए ।

350
Shares

ट्रेन्डिङ