सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नयाँ मिटरब्याज जाँचबुझ आयोग गठन

नयाँ मिटरब्याज जाँचबुझ आयोग गठन

355
Shares
नयाँ मिटरब्याज जाँचबुझ आयोग गठन

काठमाडौं । सरकारले पूर्वन्यायाधीश मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश  जबहादुर कार्कीको नेतृत्वमा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गरेको हो ।

सरकारले यसअघि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग बनाएको थियो । त्यो आयोगले ५ हजारभन्दा बढी मिटरब्याजसम्बन्धी लेनदेन टुंग्याएको थियो । तर त्यसले समस्या समाधान नगरेको भन्दै पीडितहरु २३ दिन पैदल हिंडेर काठमाडौं आएपछि सरकारले नयाँ आयोग बनाउने सहमति गरेको थियो ।

अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न बनेको आयोगमा पूर्व एआईजी पुस्कर कार्की र सञ्जिव मिश्र सदस्य छन् ।

355
Shares

ट्रेन्डिङ