सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ट्याक्टर दुर्घटना हुँदा पाँचको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा पाँचको मृत्यु

215
Shares
ट्याक्टर दुर्घटना हुँदा पाँचको मृत्यु

अछाम । मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

मृत्यु हुनेमा मेल्लेख गाउँपालिका-१ ऋषिदहका ५५ वर्षीय रंग धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी, १५ वर्षीय जनक धामी र २१ वर्षीय जनक धामी छन् । 

घाइते हुनेमा सोही वडाका ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी छन् भने घाइते भएका एक जना बालकको विवरण हालसम्म खुलेको छैन । 

सुदूरपश्चिम प्रदेश ००१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको अछाम प्रहरीले जानकारी दिएको छ । 

215
Shares

ट्रेन्डिङ