सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • बहुदल आएको ३४ बर्षमा १२ जना मात्र मानिस धनि भए : चन्द्र भण्डारी

बहुदल आएको ३४ बर्षमा १२ जना मात्र मानिस धनि भए : चन्द्र भण्डारी

'यो मुलुक लुट्नेको ७ पुस्ता सम्म पनि हामीले छोड्दैनौ '

840
Shares
बहुदल आएको ३४ बर्षमा १२ जना मात्र मानिस धनि भए : चन्द्र भण्डारी

काभ्रे | नेपालि काग्रेस बनेपा नगर समितिको आयोजनामा भएको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै नेपालि काग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा संसद डा चन्द्र भण्डारीले बहुदल आएपछि सिमित मान्छे घनी भएको खुलासा गरेका छन्।

बहुदल आएको ३४ वर्षमा जम्मा १२ जना मान्छे धनि भएको दाबि गरेका छन्। १२ जना कै वैंक , उधोग , बिमा र जलश्रोतको लाईसेन्स ,हस्पिटल ,विधालय र जमिन खन्ने लाईसेन्स सम्म पाएको ऊनको गुनासो छ । १२ जना छन् ति १२ जनाले पैसा जति लगी सकेका छन्।

नेताको पैसा पनि तिनै संग छ। कर्मचारीको पैसा तेही छ , न्यायधिशको पैसा नि तिनै संग छ। हाम्रा नेता थुनियो भने केहि हुदैन तिनी थुनिए भने न्यायलयले तुरुन्तै छोड्न आदेश दिन्छ। त्यो चै बाच्छ भन्दै आक्रोशीत बनेका थिए । अपराध सबै समान हुन् र अपराध गर्नेलाई कारवाही गर्नु पर्ने उनको जिकिर थियो । उनले देशमा न्यायलय , कार्यपालिका र व्यवस्थापिका सबैनै ईमान्दार नभएको दाबि ब्यक्त गरेका थिए । संगै उनले यो मुलुक लुट्नेको सात पुस्ता सम्म पनि हामीले छोड्दैनौ भन्दै कार्यकर्तामा बिस्वस्थ हुन् आग्रह र अनुरोध गरेका थिए।

सम्बोधनकै क्रममा सबैलाई गाली गरेर हिड्ने अब मुलुकको नेता बन्न नसक्ने जिकिर गरेका थिए। उनले ” मुलुक बनाउनु पर्यो हामी बनाउछु , काग्रेसले भन्दा अन्य राजनैतिक दलले मुलुक बनाउन नसक्ने दाबि ब्यक्त गरे । मलाई अहिले पनि त्यो लाग्छ , भलै यो घमण्डले धेरै दिन टिकीदैन , तेस्का लागी काग्रेस पार्टी ईमान्दार हुनु पर्यो , सही मान्छेलाई टिकट दिनु पर्यो , सहि कार्यमा लगानी गर्नु पर्यो र कार्यकर्ताको मन कहा दुख्यो विचार गर्नु आवस्यक रहेको बताए। उनले पार्टीले गर्ने निर्णय पनि चट्ट हुनुपर्नेमा जोड दिए।

लामो दस्ताबेज बनाएको भन्दै काग्रेस महासमितिको बैठकमा देख्नु भो नि भन्दै ५९ / ९९ सय पेजका दस्ताबेज कसैले नपड्ने भन्दै दस्ताबेज भनेको चट्ट पानिपुरी जस्तो हुनु पर्ने बताए। आजका दिन देखि जेजे गल्ति भयो भयो अब कार्यकर्तालाई न्याय र अवसर मिल्छ भन्नु पर्ने आजको काग्रेसको आवस्यता र सोहि अनुरुप दस्ताबेज समेत आउनु पर्ने आजको आवस्यकता रहेको औल्याएका थिए।

जिल्लाको नेपाली काग्रेस बनेपा नगर समितीले आयोजना गरेको नया वर्ष २०८१ को शुभकामना आदान प्रदान एवं प्रथम नगर सम्मेलन बनेपापार्टी भेनुमा सम्पन्न भएको हो। बनेपाका निर्वाचित जन प्रतिनिधि र पार्टीका नेता तथा कार्यकर्ताको उपस्थितिमा नगर सम्मेलन सम्पन्न गरेको हो।

आज नै राजनीतिक , सांगठनिक र आर्थिक प्रतिवेदन समेत सार्वजनिक गरेको हो। प्रतिवेदनमा पार्टीले आयोजना गरेको कार्यक्रम र आर्थिक प्रतिवेदन समेत् सार्वजनिक गरेको हो। कार्यक्रममा जिल्ल्ला कार्यसमितिका उप सभापतिहरु , सचिबहरु र पार्टीका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताको उपस्थितिमा प्रथम नगर सम्मेलन सम्पन्न गरीएको थियो।

840
Shares

ट्रेन्डिङ