सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको मुद्दामा पक्राउ पुर्जी

गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको मुद्दामा पक्राउ पुर्जी

300
Shares
गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको मुद्दामा पक्राउ पुर्जी

काठमाडौं । नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोप लगाउँदै रवि विरुद्ध उजुरी दिएकी हुन् ।चैत २० गते ओडकी श्रीमतीले प्रहरीमा किटानी उजुरी दिएकी थिइन् । कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत ओडकी श्रीमतीले जाहेरी दिएकी हुन् । सोही दिन अदालतले पनि पक्राउ पुर्जीको अनुमति दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रराज जोशीले जिल्ला अदालतको अनुमति लिएर पक्राउ पुर्जी जारी गरिएको बताए ।

पक्राउ पुर्जी जारी भएपछि गायक ओडको खोजीलाई तीव्र पारिएको र उनी हुनसक्ने ठाउँमा पत्राचार समेत गरिएको जनाए । 

ओडले २०७५ पुस ६ गते नेपाल आइडलको दोस्रो सिजनको उपाधि जितेका थिए । 

300
Shares

ट्रेन्डिङ