सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • पाँचखालमा हिमालय भेटेरीनरी क्लिनिकको सेवाकेन्द्र सुरु

पाँचखालमा हिमालय भेटेरीनरी क्लिनिकको सेवाकेन्द्र सुरु

755
Shares
पाँचखालमा हिमालय भेटेरीनरी क्लिनिकको सेवाकेन्द्र सुरु

काभ्रे ।  काभ्रेको पाँचखालमा हिमालय भेटेरीनरी क्लिनिकको सेवाकेन्द्र पाँँचखालमा सुरु भएको छ ।

पोल्ट्रीका सानादेखि ठूला औषधिदेखि परामर्श, भ्याक्सिनसँगै पोष्टमार्टमको सेवा बोकेर  सेवाकेन्द्र सुरु भएको हो ।पोल्ट्रीका लागि आवश्यक सबै सेवा र सुविधा प्रदान गर्ने हेतुले हिमालय भेटेरीनरी क्लिनिक एण्ड पोल्टी सर्भिेसेजको स्थापना गरिएको  हिमालय भेटेरीनरी क्लिनिकका संञ्चालक डा.हरिकृष्ण थापाले जानकारी दिए । पाँचखालसँगै आसपासका जिल्लाका किसानलाई आवश्यक पर्ने परामर्श पाँचखाल तामाघाटबाट प्रारम्भ गरिएको छ । 

पाँचखाल क्षेत्रका किसानले साना–साना समस्या परेपनि बनेपासम्म पुग्नुपर्ने बाँँध्यताको अन्त्य गर्ने उदेश्यले चिकित्सक सहितको सेवा प्रारम्भ गरिएको हो । पाँचखालबाट सिन्धुपाल्चोकको सबै क्षेत्र, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोकको कोशीपारी, मण्डनदेउपुर, दोलालघाट, पलाञ्चोक, तेमालका किसानलाई फाईदा पुग्ने अपेक्षा लिएको उल्लेख गरेका छन् ।

पोल्ट्रीको क्षेत्रमा ब्बल र सफल बनाएको पाँचखाल क्षेत्रका कुखुरापालक किसानलाई अर्काे खुसी थपिएको छ । 

पाँचखालका चिकित्सकले कृषकको फार्ममै पुगेर रोगको पहिचान गर्ने उपचार गर्ने लगायतका घरदैलो सेवा समेत प्रदान गर्ने लक्ष्य लिएर सेवा सुरु भएको हो ।

755
Shares

ट्रेन्डिङ