सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • बस दुर्घटना हुँदा ७ जना घाइते

बस दुर्घटना हुँदा ७ जना घाइते

360
Shares
बस दुर्घटना हुँदा ७ जना घाइते

कास्की । । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २५ मा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

काठमाडौंबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको ग २ ख १६३० नम्बरको बस आज बिहान २ बजेर ५० मिनेटमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाइते हुनेहरुमा २७ वर्षीया निर्मला फगामी , ४६ वर्षीया सुमित्रा फगामी म्याग्दीको मालिका गाउँपालिका वडा नं. ५ देवीस्थान बस्ने ३० वर्षीय भिम कुमार बुढा, सोही ठाउँका ६ वर्षीय निश्चल फगामी, बागलुङको तमानखोला गाउँपालिका वडा नं. ३ तमान बस्ने २५ वर्षीया रीता घर्ती, छन् ।

म्याग्दीकै मालिका गाउँपालिका १ दरवाङ् बस्ने ७२ वर्षीय नरबहादुर पुन र सोही ठाउँकी ६५ वर्षीया कृष्ण कुमारी पुन पनि घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

घाइतेहरुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

360
Shares

ट्रेन्डिङ