सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • नव वर्षको अवसर पारेर राष्ट्रपति पौडेलले गरे सपनतीर्थमा पूजाअर्चना

नव वर्षको अवसर पारेर राष्ट्रपति पौडेलले गरे सपनतीर्थमा पूजाअर्चना

390
Shares
नव वर्षको अवसर पारेर राष्ट्रपति पौडेलले गरे सपनतीर्थमा पूजाअर्चना

काठमाडौं । नव वर्षको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले टोखा नगरपालिकास्थित सपनतीर्थमा पूजा अर्चना गरेका छन् ।

आज सपनतीर्थमा स्नान मेला पनि सुरु भएको छ ।सपनतीर्थमा स्नान गरेपछि कुष्ठरोग निको हुने जनविश्वास छ ।

पौडेललाई काठमाडौं क्षेत्र नं ५ का सांसद प्रदीप पौडेल, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसी लगायतले स्वागत गरेका थिए ।

सपनतीर्थमा मेलासँगै टोखामा विस्का नखः (जात्रा) पनि सुरु भएको छ । जात्रा वैशाख ४ गतेसम्म सञ्चालन हुनेछ ।

390
Shares

ट्रेन्डिङ