सबैको समाचार
मङ्लबार, मंसिर १२, २०८०
  • होमपेज
  • प्रधानमन्त्रीद्वारा नेता सिंहको स्वास्थ्य अवस्थाबारे जानकारी

प्रधानमन्त्रीद्वारा नेता सिंहको स्वास्थ्य अवस्थाबारे जानकारी

प्रधानमन्त्रीद्वारा नेता सिंहको स्वास्थ्य अवस्थाबारे जानकारी

प्रधानमन्त्री पुष्पकमल दाहालले टोखाको ग्रान्डी अस्पतालमा उपचार गराइरहनुभएका नेकपा (मसाल) का महामन्त्री मोहनबिक्रम सिंहलाई आज अस्पतालमा भेट गरेर उनको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको छ ।
भेटमा प्रधानमन्त्री दाहालले नेता सिंहको उपचारमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनहरि तिमिल्सिनाले बताउनुभयो ।
चिनीरोग र फोक्सोमा पानी जमेको लगायतका समस्याबाट पीडित भएपछि नेता सिंह विगत चार दिनदेखि ग्रान्डी अस्पतालमा उपचार गराइरहनुभएको छ । एक्कासी वर्षीय सिंहको उपचारपछि स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ । रासस

ट्रेन्डिङ