सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • त्रिवि स्ववियु निर्वाचन तयारीमा

त्रिवि स्ववियु निर्वाचन तयारीमा

5180
Shares
त्रिवि स्ववियु निर्वाचन तयारीमा

त्रिभुवन विश्वविद्यालय आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न गर्ने तयारीमा जुटेको छ । विद्यार्थी सङ्गठनले स्ववियु निर्वाचनको चहलपहललाई तीव्र पारेपछि त्रिवि पनि सक्रिय हुँदैछ ।
त्रिविका शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीले निर्वाचनका लागि सबै क्याम्पसलाई पत्राचार गरिएको जानकारी गराउनुभयो । उहाँका अनुसार स्ववियु आचारसंहिता निर्देशिका, निर्वाचन कार्यतालिका र स्ववियु विनियमावली सबै क्याम्पसमा पठाइसकेको छ ।
“हामी निर्वाचन गर्ने तयारीमा विभिन्न बैठक गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “ सबै क्याम्पसलाई निर्वाचन समिति गठन गरेर काम थाल्न निर्देशन पनि दिइसकेका छौँ ।”
त्रिविले आठ वर्षपछि हुन लागेको स्ववियु निर्वाचनलाई लक्ष्य गरेर क्याम्पसमा नयाँ भर्ना रोक लगाएको छ । यस पटकको स्ववियु निर्वाचन पहिलो पटक २८ वर्षे उमेरहदबन्दी र मिश्रित निर्वाचन प्रणालीका साथ हुँदैछ । रासस

5180
Shares

ट्रेन्डिङ