सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • जेट एयरवेजको मुनाफामा बृद्धि

जेट एयरवेजको मुनाफामा बृद्धि

2525
Shares
जेट एयरवेजको मुनाफामा बृद्धि

भारतको प्रमुख अन्तराष्ट्रिय एयरलाइन्स जेट एयरवेजले आ.व. २०१६–१७ को तेस्रो त्रैमासिक अवधिमा भारु १५६.३ करोड मुनाफा आर्जन गरेको छ । यस अवधिमा कूल आयमा १.४ प्रतिशतले बृद्धि भई भारु ५७८४ करोड पुगेको छ ।
जेट एयरवेज समूहले हालै गरेको घोषणामा यात्रु संख्या ४.१ प्रतिशतले बढेर ६७.९ करोड पुगेको बताएको छ । जेट एयरवेजले लगातार मुनाफा आर्जन गरेको यो सातौं त्रैमासिक हो ।
एयरवेजले यस त्रैमासिकमा ऋण रकम भारु १००१ करोडले घटाउन सफल भएको पनि जानकारी दिएको छ । यस अघिको नौ महीनाको अवधिमा ऋण रकम भारु १४३५ करोडले कम भएको थियो ।
बेंगलुरु, चेन्नाई, मुम्बई, एम्स्टर्डम, जेद्दा, कुबेत लगायतका आन्तरिक तथा अन्तराष्ट्रिय क्षेत्रको बढदो माग अनुरुप आफ्नो हवाई क्षमताको अधिकतम उपयोग गरेको जेट एयरवेजले बताएको छ । यसका लागि वाइड बडी एयर क्राफ्टको उडान संख्यामा बृद्धि गरिएको छ ।
गुणस्तरमा उत्कृष्टताका साथै विश्वका अग्रणी एयरलाइन्सहरुसँगको आवद्धता तथा सहकार्यले गर्दा जेट एयरवेजले आफ्नो यात्रु संख्यामा उल्लेखनीय बृद्धि गर्न सफल भएको हो । यात्रुवर्गको सुविधामा अधिकतम ध्यान पुर्याई यात्रालाई अझ बढी सुखद बनाउन निरन्तर प्रयत्नरत रहेको जानकारी एयरवेजले दिएको छ ।

2525
Shares

ट्रेन्डिङ