सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय महिला दिवस भव्यरुपमा मनाइने

अन्तर्राष्ट्रिय महिला दिवस भव्यरुपमा मनाइने

4650
Shares
अन्तर्राष्ट्रिय महिला दिवस भव्यरुपमा मनाइने

एकसय सातौँ अन्तर्राष्ट्रिय महिला दिवसलाई देशभर भव्यरुपमा मनाउन सञ्चार क्षेत्रमार्फत व्यापक प्रचारप्रसार गरिने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव रामचन्द्र ढकालको संयोजकत्वमा आज सिंहदरबारमा बसेको प्रचारप्रसार समितिको बैठकले दिवसलाई भव्यरुपमा मनाउन सञ्चार माध्यमको अत्यधिक प्रयोग गर्ने निर्णय गरेको हो ।
बैठकले पत्रपत्रिका, अनलाइन, रेडियो, टेलिभिजनलाई सशक्त ढङ्गले दिवसको प्रचारप्रसार गर्न निर्देशनसमेत दिएको छ ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सहसचिव राधिका अर्यालले दिवसलाई भव्य बनाउन प्रचारप्रसारको खाँचो रहेको भन्दै सूचना प्रकाशन तथा सम्प्रेषणका लागि सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो ।
रेडियो नेपालका नायब कार्यकारी निर्देशक श्रीभद्र वाग्लेले दिवसका अवसरमा समाचार दिनुका साथै अन्तर्वार्तालाई रेडियो नेपालले प्राथमिकताका साथ प्रसारण गर्ने बताउनुभयो ।
नेपाल टेलिभिजनका कार्यक्रम निर्देशक दीपा गौतमले महिला हक अधिकारका लागि टेलिभिजनले आवाज उठाउँदै आएको बताउँदै आगामी दिनमा पनि प्रभावकारी भूमिका खेल्ने बताउनुभयो ।
‘महिला सम्मानको आधार, सीपयुक्त हात र स्वरोजगार’ भन्ने मुलनाराका साथ यही फागुन २५ गते १०७ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ ।
दिवस अन्तर्गत फागुन २५ गते बिहान ७ः३० गते पदयात्रा र बिहान १० वजे औपचारिक कार्यक्रम गरिने मन्त्रालयले जनाएको छ । रासस

4650
Shares

ट्रेन्डिङ