होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सबैको समाचार
सोमवार, अशोज १५, २०८०
  • होमपेज
  • एफपीओको नाममा ब्रम्हलूट हुँदैछ

एफपीओको नाममा ब्रम्हलूट हुँदैछ

एफपीओको नाममा ब्रम्हलूट हुँदैछ

भुपेन्द्र आचार्य
आइपीओपछि अव एफपीओ भनेर लगानीकर्ताहरुको पैसा बटुल्ने नयाँ रणनीतिलाई स्टक एक्सचेन्जले मान्यता दिएपछि सबै बैंक, संस्थाहरु एफपीओ जारी गर्ने होडबाजीमा लागेका छन् । यसरी कहिलेसम्म ब्रम्हलूट गर्ने दिने ? शेयर बजार विज्ञहरु एफपीओलाई ब्रम्हलूट गर्ने अवसर भनेर आलोचना गरिरहेका छन् ।
पछिल्लो पटक नेपाल लाइफले ल्याएको एफपीओको अरवौं रुपैयाँ उसले ५ प्रतिशत व्याजमा अरु बैंकहरुलाई दिएर महिनौंदेखि चलाइरहेको छ । एकातिर मुनाफा कमाउने, अर्कोतिर लगानीकर्तालाई घाटामाथि घाटामा पार्ने कामले एफपीओ ब्रम्हलूट बन्न पुगेको हो ।
संस्थापक समूहको हिस्सा घटाएर सर्वसाधारणको बढाउने नाममा एफपीओको बजार गर्माएको छ । कम्पनीहरु यति बाठा छन् कि अड्कली–अड्कली एफपीओ निष्कासन गर्न प्रवृत्त भइरहेका छन् । नियामक नेपाल धितोपत्र बोर्ड एफपीओको बाडी रोक्न अहिल्यै सचेत नहुने हो भने यसले भविष्यमा ठूलै संकट निम्त्याउने निश्चित छ भन्छन् सेयर र अर्थविदहरु ।
तिनीहरुको सुझाव छ– यसबाहेक बोर्डले तत्काल एउटा कम्पनीलाई एकपटक भन्दा बढी एफपीओ ल्याउन नदिने निर्देशन जारी गरिहाल्न आवश्यक छ । एक पटक एफपीओ ल्याउने, त्यसकै नाममा करोडौं रुपैयाँ सर्वसाधारणबाट असुल्ने अनि त्यति नै बेला दोस्रो बजारमा पनि सेयर भाउ उचाल्ने गलत प्रवृत्ति देखिन थालेको छ ।
तैपनि स्टक एक्सचेन्ज तिनै मुनाफाखोर र लगानीकर्ताको शोषणको साक्षी बनेर उभिएको छ । राजतिलक साप्ताहिक

ट्रेन्डिङ