सबैको समाचार
आइतवार, बैशाख १६, २०८१

भारतीय गाडीमा आगजनी

2475
Shares
भारतीय गाडीमा आगजनी

भरतपुर उपमहानगरपालिकाको विकास चोकमा आज एक भारतीय गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।
दिउँसो युपी ५३ डिपी ००३० नम्बरको ग्यारेजमा राखिएको गाडी बाहिर निकाल्न लगाई पेट्रोल छर्केर आगजनी गरेको प्रहरीले जनाएको छ ।
चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले चारजनाको समूहमा आएका व्यक्तिले आगजनी गरेको जानकारी दिनुभयो ।
मैदा लिएर आएको सो गाडी सामान झारी मर्मतका लागि ग्यारेजमा राखिएको थियो । नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले एक साता भारतीय गाडी चल्न नदिने अभियानअन्तर्गत आगजनी गरेको हुनसक्ने उहाँले बताउनुभयो । रासस

2475
Shares

ट्रेन्डिङ