सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • श्रीलङ्काली नेपाल आउन इच्छुक

श्रीलङ्काली नेपाल आउन इच्छुक

3020
Shares
श्रीलङ्काली नेपाल आउन इच्छुक

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग श्रीलङ्काका सेना प्रमुख क्रिसान्थे डि सिल्भासँग आज भएको शिष्टाचार भेटमा नेपाल र श्रीलङ्काबीच लामो समयदेखि रहँदै आएको सुमधुर सम्बन्धलाई अझै प्रगाढ बनाउँदै लैजाने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटका क्रममा प्रधानमन्त्रीले नेपालको शान्ति र सेना समायोजन प्रक्रिया अन्य मुलुकका लागि उदाहरणीय हुने बताउनुभयो । श्रीलङ्काली सेनापति सिल्भाले नेपाल हरेक हिसाबले सुन्दर भएको हुँदा त्यहाँका धेरै जनता नेपाल आउन इच्छुक छन् भन्नुभयो । रासस

3020
Shares

ट्रेन्डिङ