सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बालिकाको वार्षिक कमाइ डेढ करोड

बालिकाको वार्षिक कमाइ डेढ करोड

3325
Shares
बालिकाको वार्षिक कमाइ डेढ करोड

दुनियाँमा एकातर्फ मानिसहरुलाई जागिर नपाएर हम्मेहम्मे परिरहेको छ । हातमुख जोर्ने पैसा कमाउनका लागि दिनरात नभनी काम गर्नुपर्दछ । तर अमेरिकाकी एक ८ वषिर्या बालिकाले चाहीँ पैसा कमाउनु बच्चाको खेल हो भन्ने सावित गरेकी छिन् । ८ वर्षकी चार्लीले युट्युुब बाट मासिक १ लाख २८ हजार डलर कमाउने गर्छिन् ।
एन एज नामक साइटले हालै युट्युुब बाट सर्वाधिक कमाई गर्ने युट्युुब स्टारहरुको सूचि तयार गरेको थियो । जसमा सबैभन्दा धेरै कमाई गर्ने युट्युुब च्यानलहरुलाई दुुई भागमा विभाजन गरिएको छ ः ब्यूूटी एण्ड स्टाइल र फूड एण्ड कुकिंग ।
त्यस अन्तरगत फुड एण्ड कुकिंग विधामा ८ वर्षीया बालिका चार्लीले संचालन गरेको च्यानल चाली क्राफ्टी किचन सबैभन्दा धेरै कमाई गर्ने युटु्युुब च्यानल बनेको छ ।
चार्लीले आफ्नो यस च्यानलमार्फत बेकिंग टिप्स दिने गरेकी छिन् । उनले आफ्नो च्यानलमार्फत मासिक औक्षतमा १ लाख २७ हजार ७७७ डलर अर्थात् झण्डै डेढ करोड रुपैयाँ कमाउँछिन् । उक्त च्यानल औषतमा हरेक महिना २ करोड ९० लाख पटक हेरिन्छ । सन् २०१२ देखि उनले च्यानल सुुरु गरेकी हुन् । एजेन्सी

3325
Shares

ट्रेन्डिङ