सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मेलिना र रेवतलाई ‘अलग उपहार’को विमोचन

मेलिना र रेवतलाई ‘अलग उपहार’को विमोचन

6270
Shares
मेलिना र रेवतलाई ‘अलग उपहार’को विमोचन


 
काठमाडौं, १८ चैत । नेपाली संगीतमा छुट्टै पहिचान निर्माण गर्न कस्सिएका यूवा गायक तथा गायीका रेवत मेलिनालाई प्रवासी नेपाली दाजुभाईले दिएका सांंगीतिक उपहार ‘अलग उपहार’ विमोचन भएको छ । अलग आर्ट हबको आयोजनामा काठमाडौको अनाम नगरस्थित मण्डला थियटरमा, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको उपकुलपति शम्भुजित बास्कोटाको प्रमुख आतिथ्यमा उक्त एल्बम विमोचन गरिएको हो ।
गायिका मेलिना राई वर्तमान नेपाली गीत–संगीत क्षेत्रमा सबै भन्दा धेरै रुचाईएको, सबै भन्दा राम्रो सुरमा गाउन सक्ने गायिका भएको कार्यक्रममा संगीतकार लक्षण शेषले बताएका छन् । उनले गायक रेवत राई त ज्वाला मुखी जस्तो भएर बसेका रहेछन भन्दै भने, ‘यत्रो बर्ष तयारी गरेर आज बिष्फोट भएको छ । यो एल्बममा समेटिएको गीतहरुलाई सुनेपछि मलाई त्यस्तो लागेको हो । दुवैजना नेपाली गीत–संगीत क्षेत्रमा स्थापित भईसकेको कारण दुवैजना सदाबहार सुपर स्टार बन्नेछन् ।’
कार्यक्रममा बोल्दै गीतकार ईश्वर चाम्लिङ्गले भने, ‘अलग उपहार एल्बम भाग २, ३ हुदै जाने छ । तर आगामी कलाकारहरु को–को रहने भन्ने अहिले नै तय नभई सकेको बताए । केही बर्ष अगाडि गायक कुवेर राई वेलायत आउदा त्यतिबेला हामीले यस्तै उपहार कुवेर लाईलाई दिन सकेको भए आज कुवेर राई ईलाममा मकै गोड्दै गरेको हुन्थेन । यसर्थ आगामी ‘अलग उपहार’मा को–को कलाकार समेटिने हुन् ? त्यो अहिले नै भन्न नसकिने बताए । उनले अलग उपहारमा गायक रेवत राई र मेलिना राईले अत्यन्तै मेहनत गरी मार्मिक ढंगले स्वर भरेर गीतको शब्दलाई न्याय गरेको बताए ।
यस्तै कार्यक्रमको प्रमुख अतिथि रहेका बरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले भने ‘संगीत कहिले पनि चुलिन्दैन । चुलियो भने एकदिन पोखिन्छ । यसर्थ संगीत सधै सदाबहार हुन्छ । ‘अलग उपहार’ गीति एल्बमका दुवै गायक गायिका र स्रस्टाहरुलाई बधाई छ ।
अलग उपहार गीति एल्बममा ८ वटा गीतहरु समाबेस गरिएका छन् । जसमा ‘मेरो मनको मीत, आपाको छोरी, यो हाम्रो नाता, आज हामी, जिन्दगी गोरेटोमा, तिम्रो घरको, मेरो जिन्दगीमा र अलिकति बोलको गीतहरु रहेका छन् । उक्त गीतहरुलाई मुकेश राई, ईश्वर चाम्लिङ्ग, हेमकुमार राई, किरण चाम्लिङ्ग राई, डिल्लिराम राई, नवराज राई, जगत नवोदित राई, विश्वकाजी राईले शब्द रचना गरेका छन् भने, महेश खड्का, आभा मुकारुङ्ग, शान्तिराम राई, रेवत राई, वशन्त सापकोटा तारा प्रकाश लिम्बु र अर्जुन पोख्रेलले संगीत भरेका छन् । साहस शाक्य, पविधन खालिङ्ग, दिनेश सुनाम, उदयराज पौडेल, धिरज श्रेष्ठ, महाराज थापा र आमोस तामाङ्गले एरेन्ज गरेका छन् ।
‘अलग उपहार’मा समाविष्ट दुई गीतको म्युजिक भिडियो यो भन्दा अगाडि नै सार्वजनिक भईसकेको छ । उक्त दुई भिडियोलाई इमिडिया हबको युट्युब च्यानलले सार्वजनिक गरेको थियो । अलग आर्ट हबका संचालक तथा संगीतकार मण्डल साम्पाङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि शम्भुजित बास्कोटा रहेका थिए ।
अन्य अतिथिहरुमा संगीतकार लक्ष्मण शेष, प्राज्ञ शान्तिराम राई, भिषण मुकारुङ्ग, इमिडिया हबका सीइयो ईश्वर चाम्लिङ्ग, डाक्टर कोयी, पारस मुकारुङ्ग, महेश खड्का, प्राज्ञ नारदमणि हार्ताम्छाली लगायत अन्य रहेका थिए ।
 

6270
Shares

ट्रेन्डिङ